केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोलकतालाइ हराउँदै मुम्बइ आइपिएलको फाइनलमा, उपाधि भिडन्त भोलि

सहयात्रा टिभी

भारत । मुम्बइ इण्यिन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा कोलकता नाइट राइडर्सलाइ ६ विकेटले हराउँदै मुम्बइ फाइनलमा प्रवेश गरेको हो । पहिले ब्याटिङ गरेको कोलकताले खराव ब्याटिङ गर्दै १ सय ७ रन मात्र बनाउन सक्यो । कोलकता १८ दशमलव ५ ओभरमा अलआउट भएको थियो । कोलकतालाइ सस्तैमा समेटन मुम्बइका कर्ण शर्माले ४ तथा बुमराहले ३ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको मुम्बइले १४ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य प्राप्त ग¥यो । मुम्बइका लागि क्रुनल पाण्डेले सर्वाधिक ४५ रन बनाए । अब उपाधिका लागि मुम्बइले भोलि पुने सुपर जायन्टको सामना गर्नेछ ।

प्रकाशित : 20 May, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्