केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लिबियाको एयरबसमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या १४० पुग्यो

सहयात्रा टिभी

बिबिसि । लिबियाको एयरबसमा भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या १ सय ४० पुगेको छ । राष्ट्रसंघको समेत समर्थन रहेको सरकारले बिद्रोहीको कब्जामा रहेको ब्राक अल शाती बेसमा आक्रमण गरेको थियो । मारिनेमा अधिकांश सर्वसाधारण रहेको बिविसिले जनाएको छ । आक्रमण गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको बताइएको छ । आक्रमणपछि रक्ष्ाँ मन्त्री र स्थानीय लडाकुका कमाण्डरलाइ निलम्बन गरिएको छ । स्थानीय नागरिक सेनाका प्रवक्ताले बिद्रोहीको कब्जाबाट एयरबेस मुक्त गरिएको दावी गरेका छन । आक्रमणका दौरान थुप्रै हवाइजहाजमा आगो लागेको थियो ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्