=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


दोस्रो चरणको निर्वाचनका लागि आजबाट प्रक्रिया सुरु

सहयात्रा टिभी

काठमाडौं । यही जेठ ३१ गते दोस्रो चरणमा निर्वाचन हुने ४ प्रदेशका ४३ जिल्लामा आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । प्रदेश नम्बर १, २, ५ र ७ का ४ सय ६१ स्थानीय तहमा हुने निर्वाचनका लागी ४३ जिल्लामा यसअघि नै स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले काम सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणमा निर्वाचन हुने ४ सय ६१ स्थानीय तहमा भने १५ गतेबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने आयोगले जनाएको छ । जिल्लागत रुपमा ४१ जिल्लामा दोस्रो चरणको निर्वाचन हुने भएपनि रुकुम र नवलपरासीका केहि भुभाग २ वटा प्रदेशमा परेकाले दोस्रो चरणमा निर्वाचन हुने जिल्लाको सुचीमा यी दुई जिल्ला पनि थप गरिएको हो । दोस्रो चरणमा १२ उपमहानगर, १ सय ५६ नगरपालिका र २ सय ९३ गाउँपालिकामा निर्वाचन हुनेछ । निर्वाचन कार्यक्रम अनुसार जेठ १९ गते उम्मेद्वारको मनोनयन, जेठ २२ गते उमेद्वारको अन्तिम नामावली प्रकाशन गरी सोहि दिन चुनाव चिन्ह वितरण गर्ने आयोगले जनाएको छ । निर्वाचनमा चार प्रदेशका ९० लाख ९७ हजार ५ सय ५७ मतदाता सहभागी हुनेछन् । यसैबीच दोस्रो चरणको निर्वाचनमा स्वस्तिक चिन्हको रंग परिवर्तन हुने निर्वाचन आयोगले जनाएको छ । मतपत्र र स्वस्तिक चिन्हको रंग एउटै भएकाले मत बदर भएको गुनासो आएपछि आयोगले नीलोको सट्टा रातो रंगको स्वस्तिक चिन्ह प्रयोगमा ल्याउने तयारी गरेको हो ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्