केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुर्खेतमा कांग्रेस र एमाले हावी

सहयात्रा टिभी

सुर्खेत । सुर्खेतका ९ स्थानीय तहमध्ये ८ वटाको मत परिणाम सार्वजनिक भएको छ । कांग्रेसले तीन नगरसहित दुई गाउँपालिकामा जित हासिल गरेको छ । एक नगरसहित दुई गाउँपालिकामा एमाले विजयी भएको छ । बीरेन्द्रनगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार देवकुमार सुवेदी र उपप्रमुखमा एमालेकी मोहनमाया ढकाल विजयी हुनु भएको छ । तीन, पाँच, छ, सात र नौ वडामा कांग्रेस उम्मेदवारका प्यानल विजयी भएका छन् । भेरीगंगामा कांग्रेसका नगरप्रमुखका उम्मेदवार भुपेन्द्रबहादुर चन्द तथा उपप्रमुखमा रेणु आचार्य विजयी हुनुभयो । त्यस्तै, पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । प्रमुखमा विजयी उपेन्द्र थापाले ५ हजार १ सय ३४ मत र प्रतिद्धन्द्धी एमालेका मनबहादुर विकले ४ हजार ७ सय ३२ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा विजयी कांग्रेसकै मुक्ति पुरीले ५ हजार २ सय ४ मत र प्रतिद्धन्द्धी एमालेकी राजकुमारी तिवारीले ४ हजार ८ २४ मत प्राप्त गर्नुभयो । ११ वडा रहेको पञ्चपुरीमा ६ वडामा कांग्रेस र ५ वडामा एमालेले जितेको छ । यस्तै, चौकुने गाउँपालिकामा एमाले उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा एमालेका धीरबहादुर शाहीले ३ हजार २ सय ४२ मत ल्याएर विजयी हुनुभयो । यसअघि पूर्वी सुर्खेतमा रहेको सिम्ता गाउँपालिकाको अध्यक्षमा एमालेका कविन्द्र केसी र उपाध्यक्ष चन्द्राकला शाही, लेकवेशी नगर प्रमुखमा एमालेकै गगनसिं सुनार, उपप्रमुख शान्ति छन्तेल, चिंगाडमा कांग्रेसका देवबहादुर चन्द र मनमाया आचार्य, बराहतालको अध्यक्षमा कांग्रेसकै तेजबबहादुर बस्नेत र, उपाध्यक्ष शोभा शर्मा, गुर्भाकोट नगर प्रमुखमा कांग्रेसकै हस्त पुन र उपप्रमुखमा मैना विक विजयी घोषणा भइसकेका छन् । गुर्भाकोट सुर्खेतको दोस्रो ठूलो नगरपालिका हो ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्