केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनावी परिणामपछि नयाँ शक्तिको रोदन

सहयात्रा टिभी

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले पहिलो चरणको चुनावी समीक्षा गर्दै परिणाम आशा अनुरुप नभएको जनाएको छ । संयोजक डा. बाबुराम भट्टराईले विज्ञप्ति जारी गर्दै आशा अनुरुप नतिजा नआए पनि वर्ष दिनअघि खुलेको आफ्नो पार्टीले पाएको मतले धेरै सम्भावना देखाएको बताउनु भएको छ । कान्छो पार्टीले राष्ट्रिय रुपमा पाएको मतका आधारमा प्राप्त उपलब्धिलाई न्यूनीकरण गर्न नमिल्ने उहाँका भनाइ छ । वैकल्पिक राजनीतिसँग डराएर आफूहरुलाई षड्यन्त्रपूर्वक दलीय निर्वाचन चिन्ह नदिएकाले निर्वाचनमा प्रभाव परेको बिज्ञप्तीमा उल्लेख छ । त्यस्तै चुनावमा स्रोत साधनको अभावका कारण पुराना राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्न पनि गाह्रो भएको ्विज्ञप्तिमा जनाइएको छ । पुराना राजनीतिक शक्तिहरुले राजनीतिलाई यो देशको सबैभन्दा ठूलो र भ्रष्ट संगठित उद्योग बनाएको बताउँदै डा. भट्टराईले काठमाडौं उपत्यका लगायतका शहरी क्षेत्रका मतदाताले पुराना शक्तिप्रति गहिरो सन्देह व्यक्त गरेको बताउनुभएको छ । पुराना शक्तिहरुले पैसा, बाहुवल र सत्ताको प्रयोग गरिरहेको उहाँको आरोप छ ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्