केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सप्तरीमा बम विष्फोट

सहयात्रा टिभी

सप्तरी । सप्तरीको बोडेबर्साइनस्थित इलाका प्रशासन कार्यालयमा कुकर बम विष्फोट भएको छ । बम विष्फोटका कारण नीजि घरमा सञ्चालित कार्यालयमा सामान्य क्षति पुगेको छ । पहिलो तल्लामा सञ्चालित कार्यालयको झ्यालको सिसा फुटेको प्रहरीले जनाएको छ । यसअघि तराईमा विद्रोह मच्चाउँदै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चाले विज्ञप्ति मार्फत घटनाको जिम्मेवारी लिएको छ ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्