केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भक्तपुरको चाँगुनारायण नगरपालिका ४ मा विवाद, मतपरिणाम स्थगित

सहयात्रा टिभी

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ४ मा विवाद बढेपछि मत परिणाम सर्वजनिक गरिएको छैन । नेकपा एमालेको मत बढी आएको भन्दै नेपाली कांग्रेस, राप्रपा र नेमकिपाले विवाद गरेका हुन । विवाद बढेपछि वडाको आधिकारिक मत परिणामसमेत सार्वजनिक गरिएको छैन । बिहान ७ बजे मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा एमालेको मत बढी देखिएको भन्दै विवाद भएको थियो । वडा नं ४ को मत गणना पुनः गर्नुपर्ने नेपाली कांग्रेसले माग गरेको छ । पटक–पटक छलफल भएपनि सहमति हुन सकेको छैन ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्