केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रामेछापमा एमाले पहिलो

सहयात्रा टिभी

रामेछाप । स्थानीय तह निर्वाचनको परिणाम अनुसार एमाले रामेछापमा सबैभन्दा ठूलो दल बन्न सफल भएको छ । कांग्रेस र माओवादी भन्दा पछि रहेको एमालेले स्थानीय तहको निर्वाचनमा आफू अब्बल सावित गरेको हो । जिल्लाका ६४ वडामध्ये एमालेले २८, माओवादीले २१, कांग्रेसले १३, राप्रपाले १ र स्वतन्त्रले १ वडाध्यक्ष जितेका छन् । दोरम्बा र सुनापति गाउँपालिका बाहेक सबै ४ गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । उमाकुण्ड गाउँपालिकाको उपप्रमुखमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । माओवादीले दोरम्बा र सुनापति गाउँपालिको प्रमुख र उपप्रमुखमा बिजय प्राप्त गरेको छ । मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार बिजयी भएका छन् । यसैगरी रामेछाप नगरपालिकाको प्रमुख र उपप्रमुखमा भने कांग्रेसका उम्मेदवार बिजयी भएका छन् ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्