केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सल्यानको शारदा नगरपालिकामा कांग्रेसको कब्जा

सहयात्रा टिभी

सल्यान । सल्यानको शारदा नगरपालिकाको मेयरमा कांग्रेसका सुरेश अधिकारी विजयी भएका छन् । अधिकारी ४,२१४ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राम खड्गी ३ हजार ३४४ मत ल्याएर पराजित भए । माओवादी केन्द्रका प्रमोद श्रेष्ठले २ हजार ५२७ र राप्रपाका मनोज प्रधानले २ हजार ४०० मत प्राप्त गरे । यस्तै उपमेयरमा पनि कांग्रेसकै सावित्रा बस्नेतले जीत हासिल गरिन् । बस्नेतले ४ हजार १८० मत पाइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सरिता हमालले ४ हजार ३७ मत प्राप्त गरिन् । शारदा नगरपालिकाको ९ वटै वडामा कांग्रेस विजयी भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये एमालेले ४ तथा कांग्रेस र माओवादीले ३–३ स्थानीय तह जितेका छन् । कांग्रेसले त्रिवेणी र छत्रेश्वरी गाउँपालिका पनि जितेको छ । नेकपा एमालेले कपुरकोट, ढोरचौर र कालिमाटी गाउँपालिकामा विजय हासिल गरेको छ । त्यस्तै, बनगाड कुपिण्डे नगरपालिकामा पनि एमाले नै विजयी भएको छ । माओवादी केन्द्रले बागचौर नगरपालिका तथा दार्मा र कुमाखमालिका गाउँपालिका जितेको छ ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्