केपी ओली प्रचण्ड माधव नेपाल एमाले


होशियार ! हाई हिलले ‘स्मार्ट होइन बिरामी’ बनाउँछ

सहयात्रा टिभी

काठमाडौं । अधिकांश युवतीहरुका निम्ति हिल, त्यसमा हाई हिल विशेष प्रिय मानिन्छ । हाई हिल लगाएर हिंड्दा स्मार्ट देखिने, आकर्षक देखिने एउटा भ्रम धेरैमा पाइन्छ । त्यसैले होला आजभोलि बच्चादेखि नै हाई लगाउने फेशन छ । अझ चलचित्र र मोडलिङ क्षेत्रका युवतीहरु त हप्तै पिच्छे हिल बदलिरहन्छन । हिलमा खुट्टा र शरीरको चाल निकै राम्रो देखिने अधिकांशको बुझाइ छ । यो देखिन्छ पनि । तर, स्वास्थ्य भन्दा ठूलो संसारमा केही छैन । हाई हिलमा हिंड्दा जब चाल र शरीरको सन्तुलन बिग्रन थाल्छ अनिमात्र थाहा हुन्छ, हिलको प्रभाव । आजभोलि कम्मर दुख्ने, नशा सम्बन्धी समस्या हुने धेरैलाइ चिकित्सकले पनि हिल नलगाउन सुझाव दिने गरेका छन । बच्चा अबस्थामा लगाएको हाई हिलले युवा अवस्थामा कुर्कुच्चा र मेरुदण्डमा नराम्रो प्रभाव पार्छ । सुरुको अवस्थामा हिलले खुट्टा सुन्निन्छ भने केही बर्षपछि लगातार खुट्टा दुख्ने, नशामा समस्या, कम्मर दुख्ने जस्ता समस्या आउँछ । लगातार हिल लगाउने महिलाको खुट्टाको अगाडिको भाग चौडा भई खुट्टाको स्वरूप नै बिगार्ने गर्छ ।
हाई हिलका कारण दुर्घटनामा परेर विश्वभर धेरै युवती अस्पतालसमेत जानु परेका उदाहरण प्रशस्त छन । एक अनुसन्धानमा लामो समयसम्म हिल जुत्ता प्रयोग गर्ने एक तिहाई महिलामा खुट्टाको औंला सुन्निने (हेमरटोज) देखि टाङको नसामा स्थायी समस्या आउने देखिएको छ । अनुुसन्धान अनुसार दशमध्ये एक युवतीलेसातामा तीन दिन हाई हिल जुत्ता लगाउछन् । यीमध्ये एक तिहाई लामो हिलका कारण लड्ने वा दुर्घटनामा पर्ने गरेका छन ।

हाई हिल लगाउँदा शरीरको कम्मरभन्दा तलको भाग अगाडि झुकेको हुन्छ । यसलाई सन्तुलनमा ल्याउन मेरुदण्डको अवस्था परिवर्तन गरिरहनु पर्छ । यसले कम्मरको नशामा दबाब पार्छ । यसबाट नशा र ढाडको रोग रोग लाग्ने सम्भावना बढी हुन्छ ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्