केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा कांग्रेस विजयी

सहयात्रा टिभी

सुर्खेत । सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार देवकुमार सुवेदी विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार बालाराम शर्मालाई पराजित गर्दैै मेयर पदमा जित हासिल गरेका हुन् । उप मेयरमा भने नेकपा एमालेबाट मोहनमाया ढकाल विजयी भएकी छन् । सुवेदीलाई १४,४०५ मत प्राप्त भएको छ भने शर्माले १३,८९९ मत प्राप्त गरे । सुवेदी सुर्खेत क्याम्पस शिक्षाका पूर्व स्ववियु सभापति हुन् । एमालेको तर्फबाट मेयर उम्मेदवार लडेका बालाराम शर्मा विरेन्द्रनगर नगरपालिकाको पूर्व मेयरसमेत हुन् ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्