केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले र कांग्रेसको ‘सेन्च्यूरी’ माओवादी ‘हाफ सेन्च्यूरी’ नजिक

सहयात्रा टिभी

काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनमा एमाले र कांग्रेसले आ–आफनो शतक पूरा गरेका छन । क्रिकेटमा शतक प्रहार गर्नुलाइ ठूलो उपलब्धी मानिन्छ । यहाँ निर्वाचनमा एमाले र कांग्रेसले सय सिट कटाएका छन । एमाले कांग्रेस भन्दा करिब ८ सिटले अघि छ । हालसम्म कांग्रेसका तर्फबाट १ सय जना प्रमुख तथा अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन्् । माओवादी केन्द्रले भने अझै अर्ध शतक पुरा गर्न सकेको छैन । ४६ स्थानीय तहमा माओवादी केन्द्रका प्रमुख तथा अध्यक्षहरु विजयी भएका छन् । माओवादी केन्द्रलाई अर्धशतक पूरा गर्न समेत चुनौती देखिएको छ । मत परिणाम आउन बाँकी तहमा अहिले माओवादीले अग्रता कायम गर्न सकेको छैन । चितवनमा भने आफ्नो पक्षमा मत आउने माओवादीको अपेक्षा छ । कडा प्रतिस्पर्धा देखिएको भरतपुर महानगरपालिकाको प्रमुखमा कहिले एमाले उम्मेदवार देवी ज्ञवाली त कहिले माओवादी उम्मेदवार रेणु दाहालले अग्रता लिने गरेका छन । ४ वटा स्थानीय तहमा विजयी भई ५० वटा पुर्याउन माओवादी केन्द्रलाइ गाहे छ । उसको हाफ सेन्च्यूरी बन्ने सम्भावना कम देखिन्छ ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्