केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दक्षिण अफ्रिकामा महिला ज्यादतीबिरुद्ध पुरुषहरुको –याली

सहयात्रा टिभी

बिबिसि । दक्षिण अफ्रिकामा महिला र बालबालिकामाथि हुने ज्यादतीबिरुद्ध बिशाल ¥याली निकालिएको छ । महिला र बालबालिकामाथि हिंसाका घटना बढेपछि हजारौं पुरुषसहितको सहभागितामा ¥याली निकालिएको हो । प्रदर्शनसहितको ¥यालीमा अधिकांश पुरुष सहभागी थिए । ¥यालीका सहभागीहरुले महिलामाथि हुने मारपिट, यौन आक्रमण र हत्याका घटनामा पुरुषले जिम्मेवारी लिनुपर्ने बताएका छन । यी घटनामा दक्षिण अफ्रिकाका पुरुष मौन रहने गरेको उनीहरुको आरोप छ । दक्षिण अफ्रिका विश्वमै यौन हिंसा बढी हुने राष्ट्रमा पर्दछ । प्रहरीको तथ्याङ्क अनुसार गत बर्ष मात्रै ६४ हजार यौन हिंसाका घटना दर्ता भएका थिए । यो बर्ष पनि थुप्रै महिला र बच्चाहरुको निर्मम हत्या भएका घटना भएपछि राष्ट्रपति जैकब जुमाले चिन्ता व्यक्त गरेका थिए ।

प्रकाशित : 21 May, 2017

प्रतिक्रिया दिनुहोस्