भक्तपुरको सूर्यबिनायक नगरपालिकामा एमाले विजयी
सहयात्रा टिभी
भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिकामा एमालेले कब्जा जमाएको छ । एमालेका उम्मेदवारहरुले मेयर र उपमेयरमा कब्जा जमाएका हुन । एमाले उम्मेदवार बासुदेव थापा १२ हजार १ सय ३५ मतका साथ मेयरमा निर्वाचित भए । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका विष्णुराज कार्कीले १० हजार १ सय ६५ मत प्राप्त गरे । यस्तै, उपमेयरमा एमाले उम्मेदवार जुना बस्नेत निर्वाचित भइन । उनले १२ हजार ८ सय ३१ मत प्राप्त गरिन । उनका प्रतिद्धन्द्धी कल्पनाराज थलाले ८ हजार ९ सय ३ मत प्राप्त गरिन ।