केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दश बिधाका स्रष्टालाइ ‘हीरक सम्मान’

सहयात्रा टिभी

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो हीरक जयन्तीका अवसरमा विभिन्न दश विधाका स्रष्टालाई ‘हीरक सम्मान’ प्रदान गरेको छ । प्रतिष्ठानले काठमाडांैमा बिशेष कार्यक्रम गरी आनन्ददेव भट्ट, चूडामणि रेग्मी, जसराज किरा“ती, डाक्टर तारानाथ शर्मा, तेजेश्वरबाबु ग्वंग, दीपनारायण मिश्र, नारायणप्रसाद शर्मा, रमा शर्मा, शङ्करनाथ रिमाल, शान्तदास मानन्धर गरी दशजना स्रष्टालाई नगद एक लाख रुपैया“ सहित सम्मान गरिएको हो । उहा“हरुलाई राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी र प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले सम्मान प्रदान गर्नुभएको हो । राष्ट्रकवि घिमिरेले मौलिक र स्तरीय साहित्यलाई अनुवाद गरी विश्वमा फैलाउन सकेमा नेपालको थप पहिचान स्थापित हुने बताउनुभयो । पूर्व कुलपति काइ“लाले नेपाली जहा“ रहेपनि आपसमा बाँध्ने तन्तु भनेकै भाषा, संस्कृति भएकाले राज्यले यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित : 21 May, 2017

प्रतिक्रिया दिनुहोस्