गाउँपालिका प्रमुखमाथि एमालेको आक्रमण, अन्य ७ जना घाइते
सहयात्रा टिभी
धादिङ । विजय जुलुसवाट फर्किदैं गरेका बेला एमाले कार्यकर्ताको आक्रमणबाट धादिङको ज्वालामुखी गाउँपालिका प्रमुख विनोद तिमिल्सिना सहित ७ जना घाईते भएका छन् । जनप्रतिनिधी खुसीयालीमा विजयजुलुस गरेर घर फर्कने क्रममा गएराती ढुकेर बसेका करिव ५० जना एमाले कार्यकर्ताले घेरेर आक्रमण गरेका थिए । ज्वालामुखी ३ मैदीमा भएको आक्रमणमा घाईते भएका मध्ये नरेन्द्र भट्टको अवस्था गम्भीर छ । उनलाई उपचारका लागी काठमाडौ ल्याएको छ । प्रमुख तिमिल्सिनाको टाउकोमा ५ वटा टांका लगाईएको छ । प्रहरीले आक्रमणकारीको पहिचान भैसकेको भन्दै छिटै पक्राउ गर्ने जनाएको छ ।