कालिकोट र दोलखाका दुइवटा केन्द्रमा आज मतदान

कालिकोट/दोलखा । कालिकोट र दोलखाका दुइवटा केन्द्रमा आज मतदान भइरहेको छ ।
गत बैशाख ३१ गते झडपका कारण स्थगित भएको कालिकोटको माल्कोट सेरापाटास्थित नन्दादेवी मावी मतदान केन्द्र र दोलखाको मेलुङ गाउँपालिकामा आज चुनाव हुन लागेको हो । कालिकोटको नन्दादेवी मावी केन्द्रमा गत नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युष्टि पार्टीका कार्यकर्ताले मतपेटिका खोसेर जलाएका थिए । झडपका क्रममा प्रहरीको गोली लागि राप्रपाका वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएको थियो । सो मतदान केन्द्रमा ८ सय ८७ मतदाता रहेका छन । दोलखाको मेलुङ गाउँपालिकामा मतदान जारी रहँदा बिवाद भएपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर स्थानीय नकुल भूजेलको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए ।