केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काभ्रेको धुलिखेल नगरपालिकामा एमाले विजयी

सहयात्रा टिभी

काभ्रे । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिकामा नेकपा एमालेले मेयर, उपमेयरसहित वहुमत वडामा जित हासिल गरेको छ । एमालेका उम्मेदवार अशोक ब्यान्जु ७ हजार ९ सय ८१ मत प्राप्त गरी धुलिखेलको मेयरमा निर्वाचित हुनुभयो । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश हुमागाईले ५ हजार ९ सय ०८ मत प्राप्त गर्नुभयो । उपमेयरमा एमालेकै विमला शर्मा ६ हजार ७ सय २३ मत प्राप्त गरी विजयी हुनुभयो । शर्माकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी निर्मला श्रेष्ठले ४ हजार ९ सय ४० मत प्राप्त गरेकी छन् । ६ नगरपालिका र ७ गाउँपालिका रहेको काभ्रेमा पाँचखालबाहेक सबै नगरपालिका एमालेले जितेको छ ।

प्रकाशित : 21 May, 2017

प्रतिक्रिया दिनुहोस्