केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अब भक्तपुरमा पनि साझा यातायात

सहयात्रा टिभी

काठमाडौं । साझा यातायातले भक्तपुरमा पनि सेवा विस्तार गर्ने अनुमति पाएको छ । ललितपुरको यातायात ब्यवस्थापन समितिले २० वटा साझाका बसलाई भक्तपुरको नयाँ बाटोमा चल्ने गरी रुट इजाजत दिएको हो । अब स्वयम्भुबाट सीतापाइला, कलंकी, रवीभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, शहीद गेट, सिंहदरबार, माइतिघर, बबरमहल, नयाँबानेश्वर, मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटोबाट भक्तपुरको सूर्यबिनायकसम्म चल्नेछन । साझाले कोटेश्वरबाट सानोठिमी, पुरानोठिमी, भक्तपुरहुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागेपनि त्यो भने अनुमति दिइएको छैन । यातायात ब्यवस्था विभाग साना ठूला सवारी कार्यालयले २० वटा बस नयाँ बाटोमा चल्न पाउने गरी अनुमति दिएको हो । समितिको निर्णयको भक्तपुरका यातायात व्यवसायीले विरोध गरेका छन । उनीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन ।

प्रकाशित : 21 May, 2017

प्रतिक्रिया दिनुहोस्