केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचनबारे प्रधानमन्त्रीलाई प्रमुख निर्वाचन आयुक्तको ब्रिफिङ

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन तयारी सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालसंग छलफल गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादव सहितको आयोग टोलीले जेठ ३१ गतेका लागि तय दोस्रो चरणको निर्वाचन गर्न आयोगले गरिरहेको तयारीका बिषयमा प्रधानमन्त्री दाहाललाई जानकारी गराएको हो । दोस्रो चरणको निर्वाचनको सुनिश्चितता भएसंगै सरकारको नेतृत्व छाड्ने तयारी गरेका प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचन सफलता पुर्वक सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिनुभएको थियो ।  प्रधानमन्त्री समक्ष प्रमुख निर्वाचन आयुक्त यादवले दोस्रो चरणको निर्वाचनमा आयोगले गरेका पछिल्ला काम कारबाहीका बिषयमा जानकारी गराएको थियो । ४३ जिल्लाका ४ सय ६१ स्थनीय तहका मतदान केन्द्रमा मतपत्र पुर्‍याउने काम जारी गरेको बताउदै प्रमुख आयुक्त यादवले प्रत्येक जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यलय खोल्ने काम सम्पन्न भएको अवगत गराउनु भएको थियो । दोस्रो चरणको निर्वाचनमा बदर मत काम गर्न मतदाता शिक्षा प्रभावकारी रुपमा सञ्चालन गरिएको आयोगले प्रधानमन्त्री दाहाललाई जानकारी गराएको थियो ।

प्रकाशित : 21 May, 2017

प्रतिक्रिया दिनुहोस्