चितवनको रत्ननगर नगरपालिकामा एमालेको कब्जा
सहयात्रा टिभी
चितवन । चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा नेकपा एमालेका नारायण वन विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रुपनराज घिमिरेलाई पराजित गरेका हुन । वनले १४ हजार ६ सय ७७ मत प्राप्त गरेका छन् भने घिमिरेले १३ हजार २ सय २७ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी विमाला दुवाडी १४ हजार ४ सय ८१ मतका साथ विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नीता ढकालले १२ हजार ७ सय ३ मत प्राप्न गरिन ।