केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कालिगण्डकीमा बग्दै गरेका पुरुषलाइ प्रहरीले बचायो

सहयात्रा टिभी

म्याग्दी । नदीमा बगेको मान्छेको त कुरै छोडौं एउटा मुढो समात्न पनि कठिन हुन्छ । आफै बगिएला भन्ने डर । यस्तोबेला सामान्य खोलामा पनि मानिस छिर्न डराउँछन । अझ ठूलाठूला नदीमा बगेको मान्छेलाइ बचाउने भन्ने कुरा त लगभग असम्भव जस्तै हुन्छ । तर, म्याग्दीको कालिगण्डकीमा यस्तै अपत्यारिलो घटना सम्भव भएको छ । कालिगण्डीमा बगेका एक युवकलाइ प्रहरीले सकुशल उद्दार गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टोलीले बगेका व्यक्ति म्याग्दी मालिका गाउँपालिका ४ का ५४बर्षीय पकबहादुर घर्ती मगरको उद्दार गरेको हो । 
कालिगण्डकीमा बिहानै नुहाउन गएका घर्ती मगर अचानक नदीमा बगेका थिए । उनी बगेको सूचना आए लगत्तै तत्काल प्रहरीको टोली परिचालन भएको थियो । बेनी नगरपालिका ८ स्थित कालिगण्डकीमा नुहाउने क्रममा चिप्लिएर लडेका घर्तीलाई प्रहरी घटनास्थलमा पुग्दा बगाएर दुई सय मिटर तल पुर्याइसकेको थियो । बग्दै गरेकाबेला प्रहरीले उद्दार गरी ज्यान बचाउन सफल भएको छ । घर्तीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याएर आफन्तको जिम्मा लगाइएको छ ।

प्रकाशित : 21 May, 2017

प्रतिक्रिया दिनुहोस्