केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचनले छोएन सेयरलाई, बजार ओरालो लाग्यो

सहयात्रा टिभी

काठमाडौं । निर्वाचनसंगै सेयर बजारमा सुधार आउँछ भन्नेहरुको विश्लेषण असफल भएको छ । निर्वाचनको परिणाम अन्तिम चरणमा रहेकाबेला पनि सेयर बजार सुध्रिन सकेको छैन । सेयर बजार ओरालो लागेको छ । आइतबार नेप्से १६.६३ अंकले घटेर परिसूचक १६२७.२४ विन्दुमा पुगेको छ । यो दिन १४६ कम्पनीको ११ लाख ९७ हजार कित्ता सेयर ६८ करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । बजारमा आएको गिरावटसँगै उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक उकालो लागेका छन । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ५४.४६ र अन्य समूहको शून्य दशमलव ८७ अंंकले उकालो लागेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.०८ विन्दुले घटेको छ ।

प्रकाशित : 21 May, 2017

प्रतिक्रिया दिनुहोस्