केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भेनेजुयलामा सरकारी बिरोधी प्रदर्शन उत्कर्षमा,एक व्यक्तिलाइ जिउँदै जलाइयो

सहयात्रा टिभी

भेनेजुयला । भेनेजुयलामा सरकार बिरोधी प्रदर्शनका क्रममा एक व्यक्तिलाइ जिउँदै जलाइएको छ । प्रदर्शनको पचासौं दिन काराकास क्षेत्रमा २१ बर्षीय ओरालांडो फिग्वेरा नामक युवकलाइ जिउँदै जलाइएको हो । चोरीको आरोपमा जिउँदै जलाइएका ती युवकलाइ चक्कु समेत प्रहार भएको गृहमन्त्रालयले जनाएको छ । प्रदर्शनका दौरान एक बिश्वबिद्यालयका छात्रको गोली लागी मृत्यु भएको छ । योसहित प्रदर्शनका दौरान मृत्यु हुनेको संख्या ४८ पुगेको छ । महान्यायाधिवक्ताका अनुसार पश्चिमी शहर वालेरामा प्रदर्शनकारीमाथि बन्दुकधारीले गोली चलाएका थिए । प्रदर्शनकारीले राष्ट्रपति निकोलास मादुराको राजीनामा माग गर्दै तत्काल चुनाव गर्न माग गरेका छन ।

प्रकाशित : 22 May, 2017

प्रतिक्रिया दिनुहोस्