सिन्धुपाल्चोकको इन्द्रवतीमा कांग्रेस

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा वंशलाल तामाङ र उपाध्यक्षमा मिरा अधिकारी लामा विजयी भएका हुन् । कांग्रेस उम्मेदवार तामाङको पक्षमा ५ हजार ३६५ र एमाले उम्मेदवार नेपालको पक्षमा ५ हजार १६५ मत परेको छ । यसैगरी उपाध्यक्षमा कांग्रेसकी मिरा लामा विजयी भइन् । उनले ५ हजार १६१ मत पाएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी सरस्वती अधिकारीले ५ हजार ८९ मत ल्याइन् ।