केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखरा लेखनाथमा मतगणना हुँदै, विवादित वडाको तत्काल गणना नहुने

सहयात्रा टिभी

काश्की । पोखरा लेखनाथ महानगरपालिकाको स्थगित मतगणना केहीबेरमा सुरु हुँदैछ । मतपत्रमा ठूलो आकारको स्वस्तिक छाप लागेको भेटिएपछि विवाद भएको थियो । सर्वदलीय बैठकले विवाद भनिएको वडा नम्बर १७ बाहेक अरु वडाको मतगणना गर्ने निर्णय भएपछि गणना सुरु हुन लागेको हो । वडा १७ को मुचुल्का खोजेर पछि सहमतिका साथ मतगणना गर्ने निर्णय भएको छ । सर्वदलीय बैठकमा वडा नम्बर १७ का सबै मुचुल्का खोजेर पुष्टी गर्ने र अन्य वडाको मतगणना सुरु गर्ने दुई बुँदे सहमति भएको हो ।

प्रकाशित : 22 May, 2017

प्रतिक्रिया दिनुहोस्