केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्रम्पले इजरायल र प्यालेष्टाइनमा के गर्लान ?

सहयात्रा टिभी

बिबिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल र प्यालेष्टाइनको भ्रमणमा जाने भएका छन् । मध्य पूर्वी देशहरुको भ्रमणमा रहेका ट्रम्पले लामो समयदेखि द्वन्द्वमा रहेका दुई मुलुक र इजरायल र प्यालेष्टाइनको भ्रमण गर्न लागेका हुन् । यसका लागि उनी साउदी अरबबाट त्यसतर्फ प्रस्थान गरिसकेका छन् । राष्ट्रपति ट्रम्पले त्यहाँ दुवै मुलुकका नेताहरुसंग छलफल गर्नेछन् । दुई मुलुकबीच शान्ति सम्झौता हुनुपर्ने उनले बताउँदै आएका छन् । साउदी अरबमा रहँदा राष्ट्रपति ट्रम्पले त्यहाँका अरबी र मुश्लिम नेताहरुको सम्मेलनलाई सम्बोधन गरेका थिए ।

प्रकाशित : 22 May, 2017

प्रतिक्रिया दिनुहोस्