केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिद्यालय जाँदै गरेकी दीयाको स्कूल बसको ठक्करले ज्यान गयो

सहयात्रा टिभी

पर्सा । वीरगन्जमा कादम्बरी स्कूलको बसको ठक्करबाट दिल्ली पब्लिक स्कूलमा अध्ययनरत एक १३ बर्षीय बिद्यार्थीको ज्यान गएको छ । वीरगंजको महावीरस्थानमा आज बिहान स्कूल बसको प्रतिक्षामा रहेकी दिल्ली पब्लिक स्कुलमा अध्ययनरत १३ बर्षीय बालिका दिया अग्रवालको निधन भएको हो । उनको स्कुल बस विपरित दिसामा रोकिएपछि बाटो क्रस गर्दा कादम्बरी स्कुलको ना २ ख ८९३ नम्बरको बसले उनलाइ ठक्कर दिएको थियो । दुर्घटनापछि स्थानीयले कादम्बरी बसमा आक्रमण गरेका थिए । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ भने शवलाई पोष्टमार्टमको लागि नारायणी उपक्षेत्रिय अस्पतालमा राखिएको छ ।

प्रकाशित : 22 May, 2017

प्रतिक्रिया दिनुहोस्