केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पहिलो चरणको नतिजाबाट माओवादी सन्तुष्ट

सहयात्रा टिभी

काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठकले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचनको नतिजा अपेक्षाकृत भएको समीक्षा गरेको हो । पार्टी एकता भए पनि संगठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताका बीच निर्वाचनमा होमिए पनि जनमत अपेक्षाकृत नै भएको बैठकले निष्कर्ष निकालेको हो । बैठकमा पहिलो चरणको निर्वाचन सम्पन्न भएका २ सय ८३ स्थानीय तहमध्ये ४६ स्थानमा विजय हासिल गरिएको र ५० भन्दा बढी तहमा ५०० भन्दा कम मतान्तरले पराजित भएको विषयमा समीक्षा भएको थियो । प्रदेश र संघको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने आधार तयार भएको निष्कर्ष बैठकले निकालेको छ । बैठकले संख्याका दृष्टि दलहरुले प्राप्त गरेको सिट संख्या फरक देखिए पनि जनमतका दृष्टिले माओवादी कमजोर नभएको निष्कर्ष निकालेको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जीत भएको बताउनु भएको थियो ।

प्रकाशित : 22 May, 2017

प्रतिक्रिया दिनुहोस्