केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बजेट अधिवेशन सुरु, मंगलबारबाट प्रिबजेटमाथि छलफल

सहयात्रा टिभी

काठमाडौं । व्यवस्थापिका–संसद्को बजेट अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति विद्या भण्डारीले पठाउनुभएको अधिवेशन आव्ह्वान सम्बन्धी पत्र सभामुख ओनसरी घर्तीले आजको बैठकमा पढेर सुनाउनुभयो । बजेट अधिवेशनमा सरकारले वार्षिक नीति तथा कार्यक्रम, नयाँ आर्थिक बर्षको बजेट प्रस्तुत गर्नेछ । अब भोलिबाट आगामी आर्थिक वर्ष २०७४ र ७५ को प्रिबजेटमाथि छलफल हुने भएको छ । संसद बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाईएको छ । सरकारले प्रिबजेटमाथिको सिद्धान्त र प्राथमिकतालाई समेटेर आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम ल्याउने छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही जेठ ११ गते प्रस्तुत गर्ने तयारी गरिएको छ ।

प्रकाशित : 22 May, 2017

प्रतिक्रिया दिनुहोस्