केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राप्रपा दोस्रो चरणको निर्वाचनका लागि तात्यो, केन्द्रीय सदस्यहरूलाइ जिल्ला नछाड्न निर्देशन

सहयात्रा टिभी

काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा झट्का लागेपछि राप्रपा दोस्रो चरणमा त्यसको क्षतिपूर्तीसहित पार्टीको शाख फर्काउने अभियानमा होमिएको छ । सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले दोस्रो चरणको निर्वाचनमा कुनै कशर बाँकी नराखी पार्टी अभियानलाइ तीव्र पार्ने निर्णय गरेको हो । बैठकले निर्वाचन हुने जिल्लाहरुमा जेठ २१ गतेभित्र जिल्ला स्तरीय कार्यकर्ता भेला गर्ने, विभिन्न दलहरुसँग तालमेल गर्ने जिम्मेवारी जिल्ला कार्य समितिलाई दिने, केन्द्रीय सदस्यहरुलाई जेठ १५ देखि चुनाव नसकिएसम्म अनिवार्य रुपले जिल्लामा रहेर क्रियाशिल हुनुपर्ने निर्णय गरेको छ । यही तालिका अन्तर्गत पार्टीका नेता कार्यकर्ता खटिने भएका छन । बैठकले पार्टीको एजेण्डा र अडानप्रति जनतामा चेतनाको अभिवृद्धिका साथै संगठन विस्तार गर्न पनि तीव्रताका साथ लाग्दै उच्च मनोबलकासाथ निर्वाचनमा भाग लिने जनाएको छ । पहिलो चरणको नतिजाबाट चिन्तित र बिचलित नहुन पनि बैठकले कार्यकर्ता एवम समर्थकहरुलाइ आग्रह गरेको छ ।

प्रकाशित : 22 May, 2017

प्रतिक्रिया दिनुहोस्