केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आयो ज्यानमारा खुर्शानी ! खायो कि खत्तम !

सहयात्रा टिभी

एजेन्सी । साधारणतया स्वादका लागि खुर्शानी खाने गरिन्छ । खुर्शानी पनि धेरै किसिमका हुन्छन् कोही अत्ति पीरो त कोही ठीकै । अब भने होशियार हुनुपर्ने भएको छ । एक सेफले संसारको सबैभन्दा पीरो खुर्सानीको विकास गरेका छन् । यो खुर्शानी खाँदा ज्यानै जाने खतरा हुन्छ ।
ड्र्यागन ब्रेथ नाम दिइएको उक्त खुर्सानी एनेस्थेटिकको रुपमा चिकित्सा उपचारमा प्रयोग गर्नका लागि विकास गरिएको हो । यो खुर्सानीबाट निस्कने तेल यति धेरै शक्तिशाली हुन्छ कि यसले छालालाई चेतनाशून्य बनाइदिन्छ । सेन्ट अस्याफस्थित नर्थ वेल्सका माइक स्मिथले विगत ७ वर्षदेखि खुर्सानी र तरकारीको उत्पादन गरिरहेका थिए । यसैक्रममा उनले यस्तो प्रकारको खुर्शानीको पनि विकास गरे । यो खुर्सानी खाने व्यक्तिलाई ‘एनाफिल्याक्टिक सक’ लाग्छ जसले वायुमार्गलाई जलाउने काम गर्छ । स्मिथ भन्छन, ‘यसलाई खानै सकिन्न । मैले एकपटक यसलाई जिब्रोको टुप्पामा छोएर चाखेको थिएँ, तर यसले यति पोल्यो कि कुरै नगरौं । मैले त्यसलाई करिब १० सेकेन्डभित्रै थुकिदिएँ ।’ 
यो खुर्शानीको एक थोपा तेलले २० लाख ४८ हजार थोपा पानीलाई पीरो बनाउँछ । एनेस्थेटिकसँग एलर्जी भएका मानिसहरुको उपचारका लागि यसको विकास गरिएको स्मिथ बताउँछन । यो धेरै शक्तिशाली भएकाले यसलाई विशेष सिल गरिएको कन्टेनरमा राख्नुपर्छ ।

प्रकाशित : 22 May, 2017

प्रतिक्रिया दिनुहोस्