केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोस्रो चरणको निर्वाचनमा पनि सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले दोस्रो चरणको निर्वाचनमा पनि सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । राष्ट्रपति भण्डारीले सुरक्षा परिषदको सिफारिसमा सेना परिचालनको स्वीकति प्रदान गर्नुृभएको हो । संविधानको धारा ६६ को उपधारा २ बमोजिम चुनावका लागि सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । बैशाख ३१ गते भएको पहिलो चरणको चुनावमा पनि सेना परिचालन गरिएको थियो । सेना चुनावी सुरक्षाको तेस्रो घेरामा मात्र बस्नेछ । पहिलो घेरमा नेपाल प्रहरी र जनपद तथा दोस्रो घेरामा सशस्त्र प्रहरी रहनेछन ।

प्रकाशित : 22 May, 2017

प्रतिक्रिया दिनुहोस्