केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारले जेठ १५ गते गणतन्त्र दिवस भव्य रुपमा मनाउने

सहयात्रा टिभी

काठमाडौं । सरकारले जेठ १५ गतेको गणतन्त्र दिवस विविध कार्यक्रमसहित भव्य रुपमा मनाउने निर्णय गरेको छ।  गृह मन्त्रालयमा  बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेकाे हो।  गणतन्त्र दिवस समारोह समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवसलाई जनताको सहभागितामा सम्पन्न गर्नुपर्ने बताए। बैठकमा प्रधानमन्त्रीले गणतन्त्र दिवस नेपालको इतिहासमा युगान्तकारी परिवर्तन दिन सफल भएको र यसलाई औपचारिकताभन्दा माथि उठेर जनताको सहभागितामा मनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।  सोही बैठकमा प्रधानमन्त्रीले पहिलो चरणको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न भएकोे बताए। उनले तोकिएको समयमै दोस्रो चरणको चुनाव गराउनुपर्ने धारणा व्यक्त गरे। सरकार दोस्रो चरणको निर्वाचनको तयारीमा जुटिरहेको र निर्वाचन सम्पन्न गरेर देशलाई राजनीतिक स्थिरता र समृद्धिको बाटोमा लैजानुपर्नेमा प्रधानमन्त्रीको जोड थियो।

प्रकाशित : 22 May, 2017

प्रतिक्रिया दिनुहोस्