केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बेलायतको म्यानचेष्टर शहरमा भव्य कन्र्सटका दौरान बिष्फोट,२२ जनाको मृत्यु

सहयात्रा टिभी

बिबिसि । बेलायतको म्यानचेष्टर शहरमा भव्य कन्र्सट भैरहेकाबेला बिष्फोट भएको छ ।
बिष्फोटमा परी २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन । म्यानचेस्टरको एरेनामा कन्र्सट चलिरहेकाबेला एक्कासी बिष्फोट भएको थियो । गायिका एरियाना ग्रैंडको प्रस्तुती लगत्तै बिष्फोट भएको थियो । बिष्फोटपछि कन्र्सट नजिकैको भिक्टोरिया स्टेशनमा आवागमन बन्द गरिएको छ । प्रहरीले आतंकवादी आक्रमण भएको ठहर गर्दै सर्वसाधारणलाइ सो क्षेत्रबाट टाढा बस्न आग्रह गरेको छ । गायिक एरियाना भने सुरक्षित रहेको उनका प्रवक्ताले बताएका छन । प्रहरीले घटनाबारे अनुसन्धान तीव्र पारेको छ ।

प्रकाशित : 23 May, 2017

प्रतिक्रिया दिनुहोस्