केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री दाहालले संसद् बैठकमा विशेष सम्बोधन गर्दै आज राजीनामा दिने

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज व्यवस्थापिका संसद्मा विशेष सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहालले दिउँसो १ बजे संसद् बैठकलाई सम्बोधन गर्नुहुने संसद् सचिवालयले जनाएको छ । विशेष सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिनुहुने बुझिएको छ । सरकार निर्माणकाक्रममा नेपाली कांग्रेससंग भएको सहमति अनुसार प्रधानमन्त्रीले राजीनामा दिन लाग्नु भएको हो ।

प्रकाशित : 23 May, 2017

प्रतिक्रिया दिनुहोस्