दोस्रो चरणको निर्वाचन चुनौतीपूर्ण –राणा

सहयात्रा टिभी

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपतिशम्सेर राणाले सरकारले दोस्रो चरणको निर्वाचनका लागि बिभिन्न चुनौतीको सामना गर्नुपर्ने बताउनु भएको छ । भक्तपुरमा आयोजित साक्षात्कारमा बोल्दै नेता राणाले संविधान संशोधनका लागि आवश्यक दुई तिहाई मतको आवश्यकताका साथै मधेशको समस्या समाधान नभए निर्वाचन असम्भव रहेको उहाँले बताउनुभयो । नेता राणाले पहिलो चरणको निर्वाचनमा राप्रपाको चुनाव चिन्ह हलोलाई छोडेर गाईमा जानु, चुनाव परिचालन तरिका नमिल्नु र राप्रपालाई अन्र्तघात हुनु लगायतका कारणले आफनो पार्टीले लज्जास्पद पराजय भोग्नु परेको उहाँले बताउनुभयो । आफूले राप्रपा छाडेर अर्को पार्टी खोल्न लागेको बिषय सामाजिक सञ्जालको हल्ला मात्र भएको उहाँले बताउनु भयो । उहाँले सरकारले ल्याउन लागेको बजेटको स्वागत गर्दै देशको समृद्धिका लागि पनि बजेट आउनुपर्नेमा जोड दिनुभयो । बरिष्ठ नेता राणाले केही दिनमै गठन हुने नयाँ सरकारमा राप्रपाले पनि सहभागिता जनाउने स्पष्ट पार्नुभयो ।

प्रकाशित : 23 May, 2017

प्रतिक्रिया दिनुहोस्