केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्थानीय तह थप्ने निर्णय एमालेलाइ अमान्य

सहयात्रा टिभी

काठमाडौं । तराई मधेशमा स्थानीय तहको संख्या थप्ने सरकारको निर्णयको प्रमुख प्रतिपक्षी एमालेले चर्को विरोध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको शीर्ष तीन दलको बैठकमा एमालेले स्थानीय तह थप्ने निर्णयको बिरोध गरेको हो । दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्ने गरि सरकारले स्थानीय तहको संख्या थप्ने काम गरेको एमालेको आरोप छ । मधेश केन्द्रीत दललाई निर्वाचनमा सहभागि गराउन भन्दै सरकारले तराई मधेशका जिल्लामा दूई महानगरसहित २३ स्थानीय तह संख्या थप्ने निर्णय गरेको थियो । बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको बीचमा एमालेले जित्ने ठाउँमा हार्ने गरि सीमांकन परिवर्तन गरिएको आरोप लगाउनुभयो । माओबादी केन्द्रका नेता कृण्णबहादुर महराले शीर्ष दलको बैठकमा आगामी आर्थिक बर्षका बजेटका बिषयमा जानकारी गराएको बताउनुभयो ।

प्रकाशित : 23 May, 2017

प्रतिक्रिया दिनुहोस्