केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्थानीय तह थपेपछि दोस्रो चरण चुनौतीपूर्ण –प्रमुख निर्वाचन आयुक्त

सहयात्रा टिभी

बिराटनगर । दोस्रो चरणको स्थानीय तहको निर्वाचन आउन करिब तीन हप्ता मात्र बाँकी रहेकाबेला सरकारले तराईका जिल्लामा तह संख्या बढाएपछि निर्वाचन सम्पन्न गर्न  कठिनाइ उत्पन्न भएको छ । तहसंख्या थप्ने सरकारको निर्णयसंगै दोस्रो चरणको निर्वाचन चुनौतीपूर्ण भएको प्रमुख निर्वाचन आयुक्ता डा.अयोधीप्रसाद यादवले टिप्पणी गरेका छन । बिराटनगरमा संचारकर्मीसंग कुरा गर्दै प्रमुख आयुक्त यादवले निर्बाचन तोकिएको मितिमा नै सम्पन्न गराउन चुनौती थपिएको धारणा राखे । आयोगका सदस्य, प्राबिधिकलगायतसंग छलफल गरेपछि मात्रै आयोग प्राबिधिक र व्यबस्थापकीय दृष्टिकोणले कति सक्षम भन्ने थाहा हुने उनले बताए । उनले संख्या थपघट भएको स्थानीय तहको मतदाता नामावली पूनः तयार गर्नुपर्ने, निर्बाचनका लागि आवश्यक सामग्रीको व्यबस्थापनलगायतको काम पूनः गर्नुपर्ने जटिलता थपिएको उल्लेख गरे । उनले निर्वाचन आचारसंहिताअनुसार नै बजेट ल्याउन सरकारलाई सुझाव समेत दिए । राष्ट्रिय जनता पार्टीलाई चुनाव चिन्ह प्रदान गर्ने कानूनी प्राबधान नरहेको यादवको भनाई थियो ।

प्रकाशित : 23 May, 2017

प्रतिक्रिया दिनुहोस्