केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ललितपुर महानगरपालिकामा कांग्रेसको कब्जा

सहयात्रा टिभी

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
मेयरमा कांग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा कांग्रेसकै गीता सत्याल विजयी भएका हुन् । महर्जनले एमालेका हरिकृष्ण व्यन्जनकारलाई ३२६ मत अन्तरले पराजित गरे । महर्जनले २४ हजार ६ सय ४२ मत प्राप्त गरे भने एमालेका ब्यन्जनकारले पक्षमा २४ हजार ३ सय १६ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका दिनेश महर्जन ‘दिपेश’ले १० हजार ६ सय ६१ मत प्राप्त गरे । यसैगरी उपमेयरमा कांग्रेसकी गीता सत्यालले साझा पार्टीकी शोभा शाक्यलाई ५ हजार ५७९ मत अन्तरले पराजित गरिन । गीता सत्यालको पक्षमा १९ हजार ८१९ मत परेको छ भने साझा पार्टीकी शोभा शाक्यले १४ हजार २४० मत प्राप्त गरिन । ललितपुरका ६ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ३, एमालेले २ र माओवादी केन्द्रले एउटामा जित हासिल गरेका छन ।

प्रकाशित : 24 May, 2017

प्रतिक्रिया दिनुहोस्