केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिद्रोहीसंग तनाव बढेपछि फिलिपिन्सको मिन्ड्यानो द्धिपमा मार्शल ल

सहयात्रा टिभी

बिबिसि । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुट्रेटले दक्षिणी मिन्ड्यानो द्धिपमा मार्सल ल घोषणा गरेका छन । राष्ट्रपति रोड्रिगोले ६० दिनका लागि सो द्धिमा मार्सल ल लागु गरेका हुन । सो क्षेत्रमा मुश्लिम बिद्रोहीसंग तनाव बढेपछि राष्ट्रपतिले सेना परिचालन गरेका हुन । सो क्षेत्रमा बिद्रोही र सेनाबीच अहिले पनि भिडन्त भैरहेको छ । सैन्य अधिकारीका अनुसार भिडन्तमा ३ जना सेनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन । मार्सल ल लागुभएपछि सेनालाइ कुनैपनि व्यक्तिलाई हिरासतमा लिने पूर्ण अनुमति हुन्छ । मिन्डनाओमा मुस्लिम बिद्रोही संगठनले स्वायत्तता माग गर्दै आन्दोलन चर्काइरहेका थिए । सरकारले भने बिद्रोहीको केही गुट इस्लामिक स्टेट आइएससंग मिलेको आरोप लगाएको छ ।

प्रकाशित : 24 May, 2017

प्रतिक्रिया दिनुहोस्