केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रेसिडेन्ट कपको उद्घाटन खेलमा आर्मी बिजयी, आज पूर्वाञ्चल र सुदूरपश्चिम भिडदै

सहयात्रा टिभी

काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रथम प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले पूर्वाञ्चललाई ९ विकेटले हराएको हो । समूह ‘बी’ अन्तर्गत भएको खेलमा आर्मीले एक सय चार रनको सामान्य लक्ष्य मात्र १८ ओभर चार बलमा एक विकेट गुमाएर भेट्टायो । आर्मीको जितमा अनिल मण्डलले ५६ तथा सागर पुनले ४० रनको योगदान दिए । ओपनर महेश क्षेत्रीलाई पहिलो बलमै पूर्वाञ्चलका बलर मेहबुब आलमले एल बी डब्लुको शिकार बनाए । यसअघि, टस हारेर पहिले ब्याटिङको लागि मैदानमा उत्रिएको पूर्वाञ्चलले ३२ ओभर ३ बलमा सबै विकेट गुमाएर एक सय तीन रन मात्र जोड्न सक्यो । पूर्वाञ्चलका लागि अलराउण्डर मेहबुब आलमले सर्वाधिक ३६ तथा ओपनर विधान गोस्वामीले १९ रन बनाए । अर्का ब्याट्सम्यान अंकित सुवेदीले १२ रन बनाउ“दा अन्य खेलाडीहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । आर्मीका लागि सागर पुनले ५, सुशन भारीले ३ तथा सोमपाल कामीले २ विकेट लिए । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै आर्मीका सागर पुन ‘म्यान अफ द म्याच’ बन्न सफल भए । जेठ २४ गते सम्म चल्ने प्रतियोगिता अन्तर्गत आज समूह ‘बी’का दुई टोली नेपाल पुलिस र सुदूर पश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित : 24 May, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्