प्रधानमन्त्री दाहालद्वारा पदबाट राजीनामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले राजीनामा घोषणा गर्नुभएको हो । प्रधानमन्त्री दाहालको सम्बोधनका केही मुख्य अंश–
- संकल्प र इच्छाशक्ति नभएको भए यो निर्वाचन गर्न सजिलो थिएन ।
- दोस्रो चरणको निर्वाचनमा पनि सिंगो देश सहभागी हुनेछ ।
- उल्लासपूर्ण अवस्थामा स्थानीय तहको निर्वाचन पूरा भएको छ ।
- आज म जनताको सामू उभिएर विश्वासका साथ भन्न सक्छु १० महिनाको छोटो अवधिमा सरकार परिस्थिति बदल्न सफल भएको छ ।
- मैले हिजो नै संसदबाट संबोधन गर्न खोजेको थिएँ तर मिलेन
- तीन सिफ्टमा काम गरेर तीन महिनामा नै ढल्केवर सव स्टेशन सम्पन्न भयो ।
- १८ घण्टासम्मको लोडसेडिङ सामान्य मानिन्थ्यो । प्रधानमन्त्री भए लगत्तै लोडसेडिङ अन्त्यको संकल्प लिएर उज्यालो नेपाल अभियान सुरु गरेँ ।
- भविश्यमा बन्ने सरकारका लागि यो आर्थिक वृद्धिदर आधार बन्नेछ ।
- लोडसेडिङ अन्त्यका कारण राजस्व १५ प्रतिशत बढेको छ । हामी ७.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने प्रयासमा छौं ।
- सपनाहरुको चर्चा त भएकै थियो तर आर्थिक वृद्धिदर ०.७ प्रतिशत थियो ।
- यसपटक जनताले स्थानीय तहमा सिंहदरबारका लागि मध्यस्थ छानेको होइन । सिधै सिंहदरबारको प्रमुख छानेको हो ।
- नेपालको सार्वभौमसत्ता स्वतन्त्रता र भौगोलिक अखण्डता थप सुनिश्चित भएको छ ।
- तात्कालिक र क्षणिक जित हारमा अल्झेको भए चुनाव सम्भव थिएन
- लोकतन्त्र संविधानको अक्षरबाट हरेक गाउँ र वडासम्म पुगेको छ ।
- जनतालाई केही हुँदैन भन्ने भावना थियो । लोडसेडिङ अन्त्यले अँध्यारो मात्र होइन लाचारी र हिन भावना पनि नेपालीबाट हटाइएको छ ।
- यही वर्ष २०० मेगावाट अर्को वर्ष ३०० मेगावाट र तेस्रो वर्षमा १२ सय मेगावाट विजुली उत्पादन हुन्छ ।
- तीन सिफ्टमा काम गरेर तीन महिनामा नै ढल्केवर सव स्टेशन सम्पन्न भयो ।
- १८ घण्टासम्मको लोडसेडिङ सामान्य मानिन्थ्यो । प्रधानमन्त्री भए लगत्तै लोडसेडिङ अन्त्यको संकल्प लिएर उज्यालो नेपाल अभियान सुरु गरें ।
- भविश्यमा बन्ने सरकारका लागि यो आर्थिक वृद्धिदर आधार बन्नेछ ।
- लोडसेडिङ अन्त्यका कारण राजस्व १५ प्रतिशत बढेको छ । हामी ७.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने प्रयासमा छौं
- स्थानीय तह सञ्चालन सम्बन्धी विधेयक संसदमा विचाराधीन छ । प्रत्येक प्रदेशमा उच्च अदालत र उच्च सरकारी वकिलको कार्यालय स्थापना गरिएको छ ।
- निजी आवास पुनर्निर्माणका लागि पहिले भन्दा १ लाख रुपैयाँ थप र सामूहिक जमानीमा ३ लाख दिने घोषणा गरियो ।
- सातवटै प्रदेशमा कृषि उत्पादन वृद्धि गर्न प्रधानमन्त्री कृषि सुपरजोन सुरु गरियो ।
- किसान पेन्सनका लागि सरकारले योजना बनायो ।
- संसदमा साथीहरुले सोध्नुभएको थियो। फास्ट ट्रयाक के हुन्छ ? ओबिओआर के हुन्छ ? यी प्रश्न अस्वभाविक थिएन तर सोध्नेहरुको नियत ठीक थिएन ।
- अहिलेसम्म राजनीतिक दाउपेचको विषय र कसैको प्राथमिकतामा नपरेको फास्ट ट्र्याक अब बन्ने ग्यारेन्टी भएको छ । केही दिनमा म त्यसको शिलान्यास गर्दैछु ।
- हुलाकी राजमार्ग हालसम्मकै तिब्र गतिमा बनिरहेको छ । अब तराई मधेसको आर्थिक र सामाजिक जीवनमा कायापलट हुँदैछ ।
- राजधानीले आशा गरेको मेलम्चीको पानी दशैं अगाडि नै आउँदैछ ।
- मुलुकको १७ शहरमा एक शहर एक पहिचान कार्यक्रम सुरु भएको छ । १३ वटा सहरमा मेगा सिटीको कार्य प्रारम्भ भएको छ ।
- विगतमा केन्द्रबाट निर्देशन मात्रै दिने प्रचलन थियो । मैले आफैले आयोजनाको अनुगमन निरीक्षण र निर्देशन दिएँ । अहिले धेरै आयोजना छिटो सम्पन्न हुने दिशामा छन ।
- इतिहासमै धेरै १४ खर्ब लगानी प्रतिवद्धता आएको छ । अब मुलुकमा लगानी आकर्षित भई औद्योगिककरणतर्फ अघि बढेको छ ।
- इतिहासमै धेरै १४ खर्ब लगानी प्रतिवद्धता आएको छ । अब मुलुकमा लगानी आकर्षित भई औद्योगिककरणतर्फ अघि बढेको छ ।
- सातवटै प्रदेशमा एक एक वटा कृषि क्याम्पस स्थापना गर्ने काम अघि बढेको छ ।
- जनस्वास्थ्यको क्षेत्रमा सरकारले धेरै नीतिगत र व्यवहारिक सुधार गरेको छ ।
- सबै नेपालीको स्वास्थ्य विमा गर्न विमा विधेयक तयार पारिएको छ ।
- नेपाली सेना र नेपाल प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुला गरिएको छ ।
- विदेशी भूमिमा पसिना बगाएर देशको अर्थतन्त्र धानिरहेकाहरुलाई मैले सुरुकै दिनदेखि प्राथमिकता दिएको छु
- पासपोर्टका लागि विदेशमा लाग्ने शुल्क झण्डै आधा घटाइएको छ ।
- विमा वापत विगतमा ७ लाख पाउनेमा अहिले २० लाख थपेर २७ लाख पाउने व्यवस्था गरिएको छ।
- हरुवा चरुवा सुकुम्बासीका लागि बसोबास आयोग गठन गरिएको छ ।
- लालपूर्जा नभएका कारण खानेपानी र विजुलीबाट वञ्चित सुकुम्बासीलाई नागरिकताको आधारमा धारा र विजुली जोड्ने व्यवस्था गरिएको छ ।
- यातायात क्षेत्रमा सर्वसाधारणले भोग्नुपर्ने सास्ती कम गर्न धेरै कार्यालय खोल्नुका साथै अनलाइन सेवा सुरु गरियो।
- वर्षौदेखि बन्द नेपाल औषधी लिमिटेड सञ्चालन गर्न सफल भयौं।
- मध्य तराईका आठ जिल्लामा सञ्चालित सीमा क्षेत्र सुरक्षा कार्यक्रम १२ जिल्लामा विस्तार गरियो ।
- राजधानी हर्न निषेधित भएको छ । युरो ३ को इन्धन युरो ४ मा स्तरोन्नति गरिएको छ।
- छिमेकीहरुसँगको सम्बन्ध सहज थिएन। सुरुमै दुई उपप्रधानमन्त्रीलाई दुई छिमेकी देशमा पठाएर सम्बन्ध सहजीकरणको काम सुरु गरियो ।
- छिमेकीसँगको सम्बन्ध राजनीतिक कुटनीतिक र जनस्तरसम्म सहज र सरल बनाएको छ ।
- बुढीगण्डकी आयोजना चिनिया कम्पनीलाई दिने निर्णय गरिएको छ। यो निर्णय ऐतिहासिक छ ।
- संविधान कार्यान्वयनको जटिल चरणमा सबै दलहरु एक ठाउँमा उभिनुपर्छ भन्नेमा म अडिग छु ।
- सपनाको क्रान्ति त हामीले गर्यौं अब आर्थिक वृद्धिको राजनीति गरौं ।
- गठबन्धन राजनीतिको केही सीमा हुन्छ । तर अपवाद बाहेक हाम्रो सरकारमा त्यसको छाया परेन ।
- हाम्रो राजनीतिको कमजोरी इमानको कमी र उपयोगको राजनीति हावी छ।
- दलहरुसँग भएका लिखित अलिखित समझदारी च्यातिएका छन् ।
- वचनको भर नभएको नेताले राष्ट्रलाई नेतृत्व दिन सक्दैन ।
- दोस्रो चरणको निर्वाचन यही सरकारले गराओस् भन्ने धेरैको चाहना छ । म कांग्रेससँग भएको सहमति अनुसार नै अगाडि बढ्दैछु ।
- सत्ता छाडेपनि सहयोग गर्छु ।
- म अहिले नै राजीनामा घोषणा गर्छु ।
- एउटा सफल प्रधानमन्त्रीको रुपमा विदा लिन पाउँदा खुशी छु ।
२०७३ साउन १९ गते संसदमा ३ सय ६३ को बहुमत प्राप्त गरी दाहाल दोस्रोपटक मुलुकको ३९औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका थिए । उनी २०६५ साल साउनमै पहिलो पटक प्रधानमन्त्री बनेका थिए । गत साउनमा सरकार गठन हुँदा नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिएका हुन् । अब कांग्रेस-माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने छन् ।