केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजबाट साझा यातायात भक्तपुरको सूर्यबिनायकसम्म

सहयात्रा टिभी

काठमाडौं । साझा यातायातले आजबाट भक्तपुरमा आफनो सेवा बिस्तार गरेको छ ।
यातायात व्यवस्था बिभागबाट अनुमतिपाएसंगै साझाले काठमाडौंको स्वयम्भूदेखि भक्तपुरको सूर्यबिनायकसम्म सेवा विस्तार गरेको हो । यो रुटमा साझा यातायातले यात्रुहरूलाई बिहान छ देखि राति ९ बजेसम्म सेवा प्रदान गर्नेछ । अब स्वयम्भुबाट सीतापाइला–कलंकी–रविभवन–सोल्टीमोड–कालीमाटी–टेकु– त्रिपुरेश्वर–रत्नपार्क–शहीदगेट–थापाथली–माइतिघर–बबरमहल– नयाँबानेश्वर–मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्यबिनायकसम्म पुग्नेछन् । सूर्यविनायकबाट ठिमी–गठ्ठाघर–कौशलवटार–लोकन्थली–कोटेश्वर हुँदै माइतिघरबाट सिंहदरबार–पुतलीसडक–कमलादी–घण्टाघर– पुरानो बसपार्क–शहीदगेट– त्रिपुरेश्वर–कलंकी हुँदै स्वयम्भु नै फर्किनेछन । काठमाडौं, ललितपुर र उपत्यकाबाहिरका केही स्थानमा समेत साझाले सेवा बिस्तार गरेको छ । साझाले काठमाडौं उपत्यकाबाहिर पनि सेवा संचालन गर्ने तयारी गरेको छ ।

प्रकाशित : 24 May, 2017

प्रतिक्रिया दिनुहोस्