सगरमाथा आधार शिविरमा ४ आरोहीको मृत्यु

काठमाडौं । सगरमाथा आधार शिविरमा ४ जना आरोहीको मृत्यु भएको छ । मृत्यू हुनेमा २ नेपाली र २ विदेशी अारोही रहेकाे प्रहरीले बताएकाे छ । एक जना हराइरहेका स्लोभाकीयन अाराेहीकाे खाेजीमा संलग्न टिमका चारै जना आधार शिविरमा मृत अवस्थामा भेटिएकाे प्रहरीले बताएकाे छ । अक्सिजनको कमीको कारण उनीहरुकाे मृत्यू भएकाे अनुमान गरिएकाे छ ।