केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेस कास्कीका उपसभापति हरि आचार्यको निधन

सहयात्रा टिभी

पोखरा । नेपाली कांग्रेस कास्कीका उपसभापति हरि आचार्यको हृदयघातका कारण निधन भएको छ। बुधबार बिहान १० बजे पोखरा- ११ काहुँस्थित आफ्नै घरमा बसिरहेका बेला हृदयघात भएपछि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो। मणिपाल शिक्षण अस्पताल ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको पाइएको चिकित्सकहरुले बताएका छन्। उपसभापति आचार्य नेपाली कांग्रेसको अघिल्लो कार्यकालका जिल्ला सदस्य, तरुण दल कास्कीका पूर्वसहसचिव र हाल काहुँ बृहत् खानेपानी आयोजनाको अध्यक्षसमेत हुन्। कांग्रेस कास्कीको १३औं महाधिवेशनबाट उपसभापति बनेका आचार्यको शव अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो १ बजे पोखरास्थित पार्टी कार्यालयमा राखिने कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए। मृतक आचार्यको परिवामा बुबआमा, पत्नी, १ छोरा र १ छोरी छन्।

प्रकाशित : 24 May, 2017

प्रतिक्रिया दिनुहोस्