केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एशियामा पहिलो पटक एउटा विवाह यस्तो पनि

सहयात्रा टिभी

बिबिसि । ताइवानको सर्वोच्च अदालतले समलिङ्गबीचको विवाहका पक्षमा फैसला सुनाएको छ । एशियामा समलिङ्गहरुबीचको विवाहलाइ मान्यता एवम मञ्जुरी दिने यो पहिलो मामिला बनेको छ । ताइवानको बिद्यमान कानूनमा पुरुष र महिलाकाबीचमा मात्रै विवाह हुने प्रावधान छ । तर, अदालतले यो फैसालसंगै संविधानिक व्यवस्थालाइ चुनौती दिएको छ । अदालते आफनो फैसलामा एउटै लिङ्गका व्यक्तिमाथि विवाहको प्रतिबन्ध संविधान बिपरित हो ।
यो फैसलापछि अब संसद्ले नयाँ कानून बनाउनुपर्ने हुन्छ । संसद् यो मामिलामा कतिसम्म अघि बढ्छ यसै भन्न सकिने अवस्था छैन । ताइवानका समलैंगिक समुदायलाइभने फैसला अनुसारको कानून बन्ने विश्वास छ । संसद्ले यस्तो कानून निर्माण गरे समलिंगी जोडीलाई पनि अन्य समुदाय र लिंग सरह बच्चा राख्न पाउने, सम्पत्ती राख्न पाउने जस्ता समान अधिकार प्राप्त हुनेछ ।

प्रकाशित : 24 May, 2017

प्रतिक्रिया दिनुहोस्