केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आफ्नो कन्सर्टमा आक्रमण भएपछि गायिका एरियाना दुःखी

सहयात्रा टिभी

एजेन्सी । बेलायतमा आफनो साङ्गितिक कार्यक्रमका दौरान २२ जनाको ज्यान जाने गरी बम बिष्फोट भएपछि गायिका एरियाना ग्रान्डीले गहिरो दुःख प्रकट गरेकी छन । आफनो प्रस्तुतीमार्फत मनोरञ्जन गर्न म्यान्चेस्टरमा खचाखच भरिएका संगित पारखी मारिएकोमा उनले दुःख व्यक्त गरेकी हुन । विस्फोटको अशर शारीरिकरुपमा आफूमाथि नपरेपनि घटनाबाट आफू मर्माहात भएको उनले बताएकीछिन् । २३ बर्षीया अमेरिकी पप गायिका सुन्दरी एरियानाले ट्वीट गर्दै मानसिक रूपमा विक्षिप्त अनुभव गरिरहेको बताएकी छन् । उनले आफना प्रशंसक र सर्वसाधारणसंग माफ माग्दै भनेकीछिन, ‘ मसँग अहिले शब्द नै छैन ।’  

एरियानाको कन्र्सटमा अधिकांश टिनएजर्स सहभागी थिए । विस्फोटमा ६० भन्दा बढी घाइते भएका छन् ।
एरियाना सन् २०१० देखि लगातार तीन वर्ष क्याट भ्यालेन्टाइनको मुख्य भूमिकामा भिक्टोरियस टीभी सोमा देखिएपछि बढी चर्चामा आएकी हुन । उनका थुपै्र पप एल्बम सार्वजनिक भएका छन ।

प्रकाशित : 24 May, 2017

प्रतिक्रिया दिनुहोस्