केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज नीति कार्यक्रम, सोमबार बजेट

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएको दोस्रो दिन काम चलाउ सरकारले आज  संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति बिद्या भण्डारीले सरकारको नीति कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । नीति तथा कार्यक्रम अनुसार नै सोमबार कामचलाउ सरकारले बजेट ल्याउने भएको छ । बजेटमा अघिल्लो वर्षका कार्यक्रमलाई नै निरन्तरता दिइएको अर्थमन्त्रालय श्रोतले जनाएको छ । संघीयता कार्यान्वयन गर्ने गरी बजेट ल्याउनुपर्ने भएकाले १२ खर्बभन्दा बढीको बजेट ल्याउन लागिएको अनुमान छ । गत आवमा सरकारले १० खर्ब ४८ अर्बको बजेट ल्याएको थियो । नयाँ कार्यक्रम स्थानीय तहले बनाउने भएकाले नयाँ कार्यक्रमहरु बजेटमा नराखिएको बुझिएको छ । कर तथा करका दरमा पनि कुनै परिर्वतन गरिएको छैन । सरकारले लगानीका लागि पूर्ण वातावरण बनाउने गरी बजेट ल्याउने तयारी गरेको छ ।

प्रकाशित : 24 May, 2017

प्रतिक्रिया दिनुहोस्