केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लिबियामा भूमध्यसागरमा डुंगा डुब्दा ३४ को मृत्यु

सहयात्रा टिभी

बिबिसि । लिबियामा भूमध्य सागरमा यात्राका दौरान डुंगाबाट खसेर ३४ आप्रवासीको मृत्यु भएको छ । इटालीका अधिकारीहरुका अनुसार क्षमता भन्दा बढी यात्रु भएपछि उनीहरु डुंगाबाट खसेका थिए । डुंगामा ५ सय भन्दा बढी प्रवासी रहेको अधिकारीहरुले बताएका छन । डुंगाको सन्तुलन बिग्रिएपछि २ सय प्रवासी पानीमा खसेको र ती मध्ये ३४ जनाको डुबेर मृत्यु भएको उनीहरुले बताए । भूमध्य सागरमा खसेका मध्ये अधिकांश बेपत्ता भएका छन ।

प्रकाशित : 25 May, 2017

प्रतिक्रिया दिनुहोस्